एसिसी यू–१९ एसिया कपअन्तर्गत बुधबार अफगानिस्तानविरुद्ध जारी खेलमा नेपालले खराब सुरुवात गरेको छ। दुबईमा पहिले ब्याटिङ गरेको नेपालले ४६.४ ओभरमा अलआउट हुँदा १२४ रन मात्र जोड्न सक्यो।
यसअघि लगातार दुई खेलमा हार व्यहोरेसँगै नेपाल एसिसी यू–१९ एसिया कपबाट बाहिरिसकेको छ।
अफगानिस्तानविरुद्ध नेपालका लागि दिलशाद अलिले सर्वाधिक ३२ रन जोडे। ६८ बल सामना गरेका उनले चार चौका प्रहार गरे। चन्दन रामले ४० बलमा २७ रनको योगदान गर्दा ५२ बल सामना गरेका अभिशेख तिवारीले २० रन बनाए। रोशन विश्वकर्माले १९ बलमा १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अफगानिस्तानका जैतुल्लाह साहिनले सर्वाधिक तीन विकेट लिँदा अब्दुल अजिज, नुरिस्तानी ओमरजाइ र वहिदुल्ला जाद्रनले समान दुई तथा सलाम खानले एक विकेट हात पारे।
प्रतिक्रिया