• २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026

  • उच्च अदालत तुलसीपुरद्वारा रविलाई धरौटीमा छाड्न आदेश

    उच्च अदालत तुलसीपुरद्वारा रविलाई धरौटीमा छाड्न आदेश

    काठमाडौँ — तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो ।

    उच्चले बिगो बराबर धरौटी माग गर्ने आदेश गरेको हो । उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर उनी थुनामुक्त हुने छन् । उच्चले उनको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो । यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ३, बिहीबार ११:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP