प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका सिइओ अशोक शेरचनलाई पक्राउ गरेको छ। अनामनगरस्थित कार्यालयबाटै उनी आइतबार पक्राउ परेका छन्। प्रभु ग्रुपसँग जोडिएको ठगी मुद्दामा उनी पक्राउ परेका हुन्। ठगीसम्बन्धी केही रकम प्रभु बैंकमा आएको देखिएपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याइएको सिआइबीका एक अधिकारीले बताए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललाई पनि सिआइबीले पक्राउ गरेको छ।यसअघि पक्राउ परेका बैंकका पूर्वअध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचन भने हाजिरी जमानीमा छुटिसकेका छन्।
प्रतिक्रिया