• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

    ६ पुस, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।

    प्रहरीका अनुसार आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।सप्तरीको राजविराज नगरपालिका वडा नं.९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ६, आईतवार ०७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP