• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • समानुपातिक उम्मेदवारको मापदण्ड बनाउन महासचिव पोखरेललाई उपमहासचिव भट्टराईको फोन

    समानुपातिक उम्मेदवारको मापदण्ड बनाउन महासचिव पोखरेललाई उपमहासचिव भट्टराईको फोन

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउन पार्टीका महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन्।

    पार्टीको बैठक राखेर मापदण्ड बनाई तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिनुपर्ने भएकाले आफूले यस विषयमा पार्टी महासचिवलाई फोन गरी जानकारी गराएको भट्टराईले बताएका छन्।

    ‘प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेस गर्नुपर्ने समय नजिक आइसकेको छ। पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नुपर्ने छ’ भट्टराईले भनेका छन्, महासचिव कमरेड शंकर पोखरेललाई फोनमार्फत यो विषय ध्यानाकर्षण गरेको छु।’



    radiomirmire radiomirmire    
  • २०८२ पुष ८, मंगलवार ०७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP