• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल

    कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले बुधबार मध्यान्ह १२ बजेसम्म क्रियाशील सदस्यता नवीकरणको फाइल पठाइसक्न मातहतका समितिलाई भनेको थियो । सो अवधिमा फाइल नपठाए सर्भरमा इन्ट्री गर्नका लागि दिइएको ‘एक्सेस’ बन्द गर्ने समितिको भनाइ थियो ।

    तर समितिको उक्त निर्देशनलाई ९ जिल्ला समितिले कार्यान्वयन गर्न सकेनन् । समितिको निर्देशन कार्यान्वयन गर्न नसक्नेमा कोशी प्रदेशका २, मधेस प्रदेशका ३, बागमती प्रदेशको एउटा, लुम्बिनी प्रदेशको एउटा र सुदूरपश्चिम प्रदेशका २ जिल्ला रहेका समिति सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

    कोशीका संखुवासभा र खोटाङले नवीकरणको फाइल सर्भरमा अपलोड गरेका छैनन् । खोटाङमा सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेकाले प्रक्रिया नै अगाडि बढेको छैन ।

    मधेसमा धनुषा, महोत्तरी र बाराले नवीकरणको फाइल अपलोड गरेका छैनन् । बागमतीको दोलखा र लुम्बिनीको प्यूठान जिल्लाले अपलोड नगरेका चौधरीले जानकारी दिए । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाले अपलोड गरेका छैनन् ।

    यी बाहेक ५ जिल्लाले पनि सर्भरमा नवीकरणको तथ्यांक अपलोड गरेका छैनन् । तर उनीहरूले एक्सल फाइल भने इमेलमार्फत पठाइसकेको चौधरीले रातोपाटीलाई जानकारी दिए । एक्सेल फाइलमा पठाउने जिल्लाहरूमा दाङ, तनहुँ, नवलपरासी पश्चिम, रुकुम पूर्व, बर्दिया र डोटी छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ९, बुधबार ०७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP