• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • बीपी राजमार्ग कात्तिक १३ र १४ गते राति बन्द हुने,वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन अनुरोध

    बीपी राजमार्ग कात्तिक १३ र १४ गते राति बन्द हुने,वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन अनुरोध

    काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्ग आज (कात्तिक १३) र भोलि दुई दिन राति बन्द गरेको छ।
    भारी वर्षाको सम्भावना रहेका कारण दुई दिन साँझ ५ बजेदेखि विहान ५ बजेसम्म राजमार्ग बन्द गरिएको प्रशासनले जनाएको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना बमोजिम कात्तिक १३ देखि १५ गतेसम्म सो क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। यो सिन्धुली जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले वर्षात् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाइ ईसम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि सो निर्णय गरिएको जनाएको छ।

    उक्त अवधिमा बीपी राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाडौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ। साथै, दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्ने प्रशासनको सूचनामा जनाइएको छ।

    बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन पनि प्रशासनले अनुरोध गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १३, बिहीबार १०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP