• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • पोखरामा एमाले र जेनजीबीच झडप हुने संकेत

    पोखरामा एमाले र जेनजीबीच झडप हुने संकेत

    सरकारसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अगुवा बनिरहेका हामी नेपालका संस्थापक सुदन गुरुङले पोखरामा आफूहरूले गर्न लागेको कार्यक्रम नेकपा एमालेले बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्।

    गुरुङले आज बिहान फेसबुकमा स्टाटस लेख्दै एमालेले रोक्न खोजे पनि पोखराको कार्यक्रम नरोकिने उल्लेख गरेका छन्। पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोखरेली आमा-बुबालाई दाजुभाइ तथा दिदीबहिनी हरू भेट्न हामी पोखरा निस्कियौँ र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ, उनले लेखेका छन्, तर यसले हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैँ सत्य र देशको पक्ष उभिन्छौँ, हामी आफ्ना जेनजी दाजुभाइ-बहिनीका आवाजसँग जोडिन्छौँ र अझ बलियो हुन्छौँ, हामी झण्डा गर्वले उचाल्छौँ, झण्डा उठाएर, शिर ठाडो पारेर, हामी पोखरा आउनेछौँ।’



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १५, सोमबार ०६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP