• २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026

  • धार्मिक हिंसा रोक्न बङ्गलादेशलाई स्वाभिमान पार्टीको आग्रह

    धार्मिक हिंसा रोक्न बङ्गलादेशलाई स्वाभिमान पार्टीको आग्रह

    काठमार्डौ: बङ्गलादेशमा धार्मिक पहिचानका आधारमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै स्वाभिमान पार्टीले तत्काल कारबाहीको माग गरेको छ।

    पार्टीका संयोजक सत्यवान कुमार सिंहले हालै एक हिन्दु युवाको हत्या भएको घटनालाई मानवता र सभ्यतामाथिको प्रहारका रूपमा लिइएको बताएका छन्।

    “धार्मिक पहिचानका आधारमा गरिने यस्ता हिंसात्मक घटनाहरूले मानवता र सभ्यतामाथि गम्भीर प्रश्न चिह्न ठड्याउँदै आएको छ,“ उनले भनेका छन्।

    संयोजक सिंहले यस्ता घटनाले दुई देशबिचको सम्बन्धमा मात्र असर नपर्ने, बरु नेपालभित्रको सामाजिक सद्भावमा पनि नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।



    radiomirmire radiomirmire    
  • २०८२ पुष १०, बिहीबार ०६:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP