ऊर्जा, भौतिक पूर्वाधार र सहरी बिकासमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटघाट भएको छ।
बिहीबार बिहान उनीहरूबीच ‘वान टु वान’ छलफल भएको हो।
फागुन २१ गते हुने तय भएको प्रतिनिधि सभाको चुनावका लागि बालेन र कुलमानले आआफ्नो तरिकाले संवाद तीव्र पारिरहेका छन्।
त्यही क्रममा कुलमान र बालेनबीच भेघाट भएको हो। आजको भेटमा आगामी चुनावमा सहकार्य, पावर सेयरिङ लगायतका विषयमा प्याकेजमै छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको बताइएको छ।
‘संवाद भइरहेको छ, विभिन्न सरोकारवालासँग हामी संवाद गरिरहेका छौँ,’ कुलमान निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘बालेनसँगको छलफलमा प्याकेजमै सहमतिमा पुग्ने प्रयास भइरहेको छ।’
बालेनले आगामी चुनावमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने प्रमुख एजेन्डा बनाइरहेका छन्। कुलमानले पनि आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा ‘प्रोजेक्ट’ गरिरहेका छन्।
यसअघि कुलमान र बालेनबीच मंसिर १४ गते भेट भएको थियो।
कुलमानसँगको भेटपछि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरिरहेका छन्।
प्रतिक्रिया