वैदेशिक रोजगारीका लागि भिसा प्रक्रियामा प्रयोग हुने प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको नक्कली छाप प्रयोग गरी प्रमाणीकरण गरेको अभियोगमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामध्ये काठमाडौं कीर्तिपुर नगरपालिका– ६ मा डेरा गरी बस्दै आएका बुढीगंगा नगरपालिका– ५ घर भएका ३३ वर्षीय पृथ्वीबहादुर थापा रहेका छन्। त्यस्तै, कीर्तिपुर नगरपालिका– ९ मा फोटो स्टुडियो सञ्चालन गर्दै आएका पाल्पा रिब्दीकोट गाउँपालिका– ८ घर भएका २७ वर्षीय सन्तोष पौडेल पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। लिखतसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया