• २०८२ माघ २२ | Thu, 05 Feb 2026

  • विशेष महाधिवेशन पक्षसँग संवाद गर्न कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपिल

    विशेष महाधिवेशन पक्षसँग संवाद गर्न कांग्रेस नेतृत्वलाई २५ केन्द्रीय सदस्यको अपिल

    नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले संयुक्त अपिल जारी गरी विशेष महाविधेशन पक्षसँग छलफल गर्न नेतृत्वलाई आग्रह गरेका छन्।

    कांग्रेस नेता उदयशम्शर राणाको अगुवाइमा संयुक्त अपिल जारी गरेका २५ केन्द्रीय सदस्यले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताएका छन्।, ‘यही आउदो २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर राखी नेपाली कांग्रेसलाई उक्त निर्वाचनमा जनताको विश्वसनिय र थप भरोसा योग्य पार्टी बनाउन जरूरी छ,’ उनीहरूले भनेका छन्।

    परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने औंल्याउँदै उनीहरूले विशेष महाधिवेशन पक्षसँग छलफल गर्न अपिल गरेका हुन्।

    ‘विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ उर्जा र सोचका साथ निर्वाचन मा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौँ’ उनीहरूले भनेका छन्।

    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन बोलाएका छन्। पुस २७ र २८ गते बोलाएको विशेष महाधिवेशनका लागि तयारी गरिरहेका छन्।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २५, शुक्रबार ०८:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP