• २०८२ माघ २२ | Thu, 05 Feb 2026

  • जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

    जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

    २५ पुस, काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    छेडागाड नगरपालिका-९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

    चालकसहित ६ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा छेडागाड नगरपालिका-९ पजारु की ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी रहेका छन् ।

    दुर्घटनामा परी घाइते हुनेमा जिप चालक सोही ठाउँका २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत रहेका छन् ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २५, शुक्रबार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP