• २०८२ माघ २२ | Thu, 05 Feb 2026

  • देउवा पक्षीय केन्द्रीय सदस्यको भेलाको निष्कर्ष : विशेष महाधिवेशनले पार्टी फुट्छ, रोक्नुपर्छ

    देउवा पक्षीय केन्द्रीय सदस्यको भेलाको निष्कर्ष : विशेष महाधिवेशनले पार्टी फुट्छ, रोक्नुपर्छ

    नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले विशेष महाधिवेशनले पार्टी विभाजन हुने भन्दै रोक्नुपर्ने निष्कर्ष निकालेको छ।

    शुक्रबार काठमाडौँको बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा आयोजित भेलामा सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू सहभागी थिए। त्यस्तै, नेता कृष्ण सिटौला लगायत नेता पनि भेलामा पुगेका थिए। सिटौलाले भेलालाई सम्बोधन समेत गरेका थिए।

    त्यस्तै, भेलामा केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, एनपी साउँद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल र जीतजंग बस्नेत सहभागी थिए। लक्ष्मी खतिवडा, किरण पौडेल, उर्मिला थपलिया, मदन कृष्ण श्रेष्ठ, गंगा अवाल, गणेश लामा पनि भेलामा सहभागी थिए।

    उनीहरूले विशेष महाधिवेशन आयोजना गर्दा कांग्रेस विभाजन हुने निष्कर्ष निकालेको भेलामा सहभागी केन्द्रीय गुरु बरालले बताए। भेलापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी विभाजन र कमजोर बनाउने क्रियाकलाप भइरहेको बताए। ‘भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो’, बरालले भने।

    त्यस्तै, भेलाले विशेष महाधिवेशन पक्षधरलाई पनि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने निर्णय भएको बरालले बताए। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन्।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २५, शुक्रबार ०८:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP