• २०८३ श्रावण ३ | Sun, 19 Jul 2026

  • रास्वपा महाधिवेशन: लामिछाने र शाह सर्वसम्मत, महामन्त्रीका लागि आज मतदान हुँदै

    रास्वपा महाधिवेशन: लामिछाने र शाह सर्वसम्मत, महामन्त्रीका लागि आज मतदान हुँदै

    चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ । महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको निर्वाचन समितिले जनाएको छ ।

    पार्टीको केन्द्रीय सभापति पदमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन शाह सर्वसम्मत चयन भइसकेका छन् । दुई जना महामन्त्री रहने व्यवस्था भएको रास्वपामा सो पदका लागि भने ६ जना आकांक्षी देखिएका छन् । महामन्त्रीका लागि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, र नेताहरू शिशिर खनाल, मनिष झा, गणेश पराजुली तथा भुवदेव शाह चुनावी प्रतिस्पर्धामा छन् । आकांक्षीमध्ये भुवदेव शाहलाई भने मनोनित कोटाबाट महामन्त्री बनाउने सम्भावना रहेको छ । नेतृत्व चयनका लागि आजै मतदान हुने कार्यक्रम रहेको छ ।



    radiomirmire radiomirmire    
  • २०८३ असार १०, बुधबार १०:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP