काठमाडौँ। राहदानी विभागले आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने म्याद थपिएपछि सेवाग्राहीको चापलाई ध्यानमा राख्दै विभागले सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत फाराम खुला राख्न लागेको हो।
वैदेशिक रोजगार विभागले ईपीएस आवेदनको म्याद बढाएसँगै राहदानी विभागले थप फाराम खुलाउने व्यवस्था मिलाएको हो।
विभागका अनुसार नयाँ व्यवस्थाअनुसार फाराम भरेका सेवाग्राहीले फाराममा तोकिएको मिति र समयमै विभागमा उपस्थित भएर राहदानीसम्बन्धी सेवा लिनुपर्नेछ।
सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले यो कदम चालिएको भन्दै राहदानी विभागले सेवाग्राहीलाई आफ्नै तोकिएको समय तालिका अनुसार उपस्थित भइदिन अनुरोध गरेको छ।
प्रतिक्रिया