• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

  • भोटेकोसी बाढी: जलविद्युत् आयोजनाका सुरुङभित्र ४८४ जना थुनिए, ९८३ जना अझै सम्पर्कविहीन

    भोटेकोसी बाढी: जलविद्युत् आयोजनाका सुरुङभित्र ४८४ जना थुनिए, ९८३ जना अझै सम्पर्कविहीन

    काठमाडौँ। भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृहभित्र ४८४ जना कामदार तथा कर्मचारी फसिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।

    इप्पानका पदाधिकारीहरूका अनुसार सरकारी, निजी तथा विदेशी लगानीमा निर्माणाधीन एवं सञ्चालित ११ वटा आयोजनामा यो भयावह स्थिति सिर्जना भएको हो। बाढीपछि यी आयोजनाहरूबाट कुल ९८३ जना व्यक्ति सम्पर्कविहीन भएका छन्, जसमा रसुवाका ६ वटा आयोजनाबाट ७१० जना र नुवाकोटका ५ वटा आयोजनाबाट २७३ जना रहेका छन्।

    प्राप्त विवरणअनुसार सबैभन्दा बढी माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाभित्र तीन सय जना अड्किएका छन्। कोरियाली लगानीमा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको यस आयोजनामा कार्यरत कुल ५५७ जना अझै सम्पर्कविहीन रहेका छन्।

    यसै गरी माथिल्लो त्रिशूली-३ ‘बी’ मा १२२ जना, माथिल्लो त्रिशूली-३ ‘ए’ मा ४२ जना, रसुवागढीमा १२ जना र चिलिमे जलविद्युत् आयोजनामा आठ जना सुरुङभित्र फसिरहेका छन्। कठिन अवस्थाका बीच उद्धार कार्य अघि बढाइए पनि ठूलो संख्यामा मानिसहरू अझै बेपत्ता रहेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १७, बुधबार ०८:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP