प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछिको समग्र अवस्थाबारे जानकारी लिन देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, राहत वितरण तथा घाइतेहरूको उपचारका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्य भइरहेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सुरुमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भइरहेको छ। त्यसपश्चात् आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया