काठमाडौं, २५ भदौ — भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनाका साथै पूर्व-सर्वदलीय बैठकका निर्णयहरू कार्यान्वयन गराउने विषयमा प्रमुख प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन्। नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी छ।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई सहभागी छन्।
प्रतिपक्षी मोर्चाको यो बैठकमा अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने सहभागी भएको छैन।
प्रतिक्रिया