• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • पीडितलाई ७१ लाख ५० हजार फिर्ता गरेपछि कांग्रेस नेता तारामान गुरुङ हिरासतबाट रिहा

    पीडितलाई ७१ लाख ५० हजार फिर्ता गरेपछि कांग्रेस नेता तारामान गुरुङ हिरासतबाट रिहा

    ठगी मुद्दामा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङ पीडितको रकम फिर्ता गरेर हिरासतमुक्त भएका छन्।

    गत भदौ १८ गते पक्राउ परेका पूर्वराज्यमन्त्री गुरुङले तीन जना पीडितलाई जम्मा ७१ लाख ५० हजार रुपैयाँ बुझाएपछि शुक्रबार साँझ रिहा भएका हुन्। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख (एसएसपी) दिलिप घिमिरेका अनुसार गुरुङविरुद्ध दोर्जे शेर्पा, रिगुंज्याम्पु शेर्पा र सुनुर्पु शेर्पाले ठगीको जाहेरी दिएका थिए।

    लेनदेन मिलाउने क्रममा गुरुङले दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुंज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ बुझाएका छन्।

    राजनीतिक शक्तिको पहुँचका कारण लामो समयसम्म उन्मुक्ति पाउँदै आएका गुरुङविरुद्ध पीडितहरूले काठमाडौँ जिल्ला प्रहरी परिसरमा उजुरी दिएका थिए। प्रहरीको तत्परतापछि जाहेरी परेको ९ दिनभित्रै पीडितहरूले आफ्नो रकम फिर्ता पाएका हुन्।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २७, शनिबार ०७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP