• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • न्याय परिषद्द्वारा उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा, काज र पदस्थापन सिफारिस

    न्याय परिषद्द्वारा उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा, काज र पदस्थापन सिफारिस

    न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका विभिन्न न्यायाधीशहरूको सरुवा, काज तथा पदस्थापन गर्न सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका तीन जना न्यायाधीशको नियमित सरुवा, चार जनाको काज सरुवा र नवनियुक्त तीन जना न्यायाधीशको नयाँ पदस्थापनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

    परिषद्को निर्णय अनुसार उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, जनकपुरका मुरारीबाबु श्रेष्ठलाई इलाम इजलास तथा वीरगन्ज इजलासका रितेन्द्र थापालाई नेपालगन्ज इजलासमा सरुवा गर्न सिफारिस गरिएको छ।

    यसैगरी काज सरुवातर्फ इलाम इजलासका नातिबाबु लामिछानेलाई उच्च अदालत पाटन, वीरगन्ज इजलासका गोकर्ण डाँगीलाई सर्वोच्च अदालत, नेपालगन्ज इजलासकी सकुन्तला घिमिरेलाई जुम्ला इजलास र वीरगन्ज इजलासका अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा खटाउन सिफारिस गरिएको छ।

    साथै, नवनियुक्त तीन न्यायाधीशहरूमध्ये भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत, हिमलाल बेल्बालेलाई उच्च अदालत जनकपुर र गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गर्न सिफारिस गरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ३०, मंगलवार ०७:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP