• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • क्रियाशील सदस्यता लेबी नबुझाउने ५ जिल्ला सभापतिलाई कांग्रेसको पत्र: असोज २ भित्र रकम जम्मा गर्न निर्देशन

    क्रियाशील सदस्यता लेबी नबुझाउने ५ जिल्ला सभापतिलाई कांग्रेसको पत्र: असोज २ भित्र रकम जम्मा गर्न निर्देशन

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता बापतको लेबी रकम नबुझाएका पाँच जिल्लाका सभापतिहरूलाई तत्काल रकम दाखिला गर्न ताकेता गरेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ गते पत्र पठाउँदै असोज २ गते दिउँसो १ बजेभित्र केन्द्रीय कार्यालयको बैंक खातामा रकम जम्मा गर्न निर्देशन दिएका हुन्।

    पत्र प्राप्त गर्नेहरूमा बाग्लुङका सभापति जीत शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाही रहेका छन्। वडा तह हुँदै जिल्लासम्म क्रियाशील सदस्यताको रकम उठिसकेको भए पनि केन्द्रमा नबुझाइएकाले पार्टीले यो कदम चालेको हो।

    नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन आयोजना गर्दै छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन आह्वान गरेपछि देउवा समूहमा उभिएका र महाधिवेशनमा सहभागी नभएका कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिहरूको जिम्मेवारी यसअघि नै खोसिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २, शुक्रबार ०८:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP