• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • प्रमुख व्यापारिक नाका बन्द भएपछि कोरलाको भर: चालू आवको दुई महिनामा ३ अर्ब ७ करोड बढी राजस्व संकलन

    प्रमुख व्यापारिक नाका बन्द भएपछि कोरलाको भर: चालू आवको दुई महिनामा ३ अर्ब ७ करोड बढी राजस्व संकलन

    नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको मुस्ताङस्थित कोरला नाकाबाट चालू आर्थिक वर्षको सुरुवाती दुई महिनामा ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। नियमित प्रयोगमा रहेका रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाकामा व्यापारिक चहलपहल ह्वात्तै बढेको हो।

    गत भदौ १० गते आएको बाढीका कारण भन्सार कार्यालय र सडक पूर्वाधारमा क्षति पुगेपछि रसुवागढी नाका पूर्ण रूपमा ठप्प छ। यस्तै तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि उत्तरी छिमेकीसँगको स्थलगत व्यापारको सम्पूर्ण भार अहिले कोरला नाकाले सम्हालिरहेको छ।

    कोरला भन्सार कार्यालयका अनुसार साउन महिनामा २६ करोड ३९ लाख रुपैयाँ राजस्व उठेकोमा भदौमा यो रकम बढेर २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ पुगेको छ। नाकाबाट साउनमा ५७ वटा र भदौमा ६९७ वटा गरी कुल ७५४ वटा कन्टेनर भित्रिएका छन्, जसबाट ९६ करोड ६२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।

    यसैगरी विद्युतीय गाडी (ईभी) को आयातले पनि राजस्व संकलनमा ठूलो योगदान पुर्‍याएको छ। नाकाबाट साउनमा १०० युनिट र भदौमा १ हजार २५३ युनिट ईभी भित्रिँदा २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २, शुक्रबार ०८:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP