• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा पहिरो: महासचिवसहित ९ केन्द्रीय नेताद्वारा राजीनामा

    राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा पहिरो: महासचिवसहित ९ केन्द्रीय नेताद्वारा राजीनामा

    राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। बिहीबार पार्टीका महासचिव केशवकुमार झाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

    महासचिव झासँगै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पञ्कजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, ऋषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले पनि सामूहिक रूपमा राजीनामा पत्रमा हस्ताक्षर गर्दै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

    राजीनामा दिने नेताहरूले राजीनामाको प्रष्ट कारण नखुलाए पनि सबै जनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २, शुक्रबार ०८:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP