• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • माथिल्लो त्रिशूली–१ को टनेलभित्र ६ जनाको शव फेला, अन्य शवको पनि खोजी जारी

    माथिल्लो त्रिशूली–१ को टनेलभित्र ६ जनाको शव फेला, अन्य शवको पनि खोजी जारी

    रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण थुनिएको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट ६ वटा शव निकालिएको छ। बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलभित्र ती शवहरू फेला पारेका हुन्।

    सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा भेटिएका शवहरू ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्यु मेसिनको प्रयोग गरी बाहिर निकालिएको सेनाले जनाएको छ। टनेलभित्र हिलोमा छोपिएका अन्य शवजस्ता आकृतिहरूसमेत देखिएकाले सो क्षेत्रमा अहिले पनि खोजी कार्य तीव्र पारिएको छ।

    बाढीपछि यस आयोजनाका ठूलो संख्याका श्रमिक तथा कर्मचारीहरू बेपत्ता भएका छन्। बिहीबारसम्मको विवरण अनुसार कुल १ हजार ४३३ जना कार्यरत कोरियाली लगानीको यस आयोजनाबाट ९३६ जना सम्पर्कमा आएका छन् भने ४९२ जना अझै सम्पर्कविहीन रहेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २, शुक्रबार ०८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP