• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट २४ शव निकालियो, सनाखतका लागि नुवाकोट ल्याइयो

    त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट २४ शव निकालियो, सनाखतका लागि नुवाकोट ल्याइयो

    रसुवाको आमाछोदिङ्गो गाउँपालिका–१ स्थित २१६ मेगावाटको त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट २४ जनाको शव निकालिएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सुरुङमा पुरिएका उनीहरूको शव असोज १ र २ गते उद्धार टोलीले बाहिर निकालेको हो।

    निकालिएका सबै शवलाई असोज ३ गते नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय (खम्बाक्याम्प परिसर) ल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

    बाढीपछि लामो समयदेखि सम्पर्कविहीन भएका आफ्ना सदस्यहरूको पहिचानका लागि मृतकका परिवार तथा आफन्तजनलाई खम्बाक्याम्प पुग्न प्रहरीले अनुरोध गरेको छ।

    सनाखत तथा समन्वयका लागि सम्पर्क:

    • सम्पर्क व्यक्ति: प्रहरी निरीक्षक आशिष साह

    • फोन नम्बर: ९८५५०९१७५७



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन ४, आईतवार ०६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP