• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ, काठमाडौँ ल्याइँदै

    राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ, काठमाडौँ ल्याइँदै

    राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। काठमाडौँस्थित साइबर ब्यूरोमा दर्ता भएको मुद्दाका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार साइबर ब्यूरोको सिफारिसमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट साइबर अपराधसम्बन्धी गतिविधि गरेको आरोप उनीमाथि छ।

    पूर्व माओवादी पृष्ठभूमि भएका दाङका स्थायी निवासी दाहाल मोरङमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए। उनलाई विराटनगरबाट हवाईजहाजमार्फत काठमाडौँ ल्याएर साइबर ब्यूरोलाई बुझाउने र थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन ४, आईतवार ०६:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP