निरन्तर भइरहेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन्। प्रतिकूल मौसमका कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फका उडान रोकिएका हुन्।
त्रिभुवन विमानस्थल कार्यालयको हटलाइनबाट प्राप्त जानकारीअनुसार तीनवटा गन्तव्य (पोखरा, भैरहवा र सिमरा) को उडान रोकिए पनि बाँकी अन्य आन्तरिक विमानस्थलहरूमा भने उडान तालिकाअनुसार नै नियमित रूपमा भइरहेको छ।
त्यसैगरी, वर्षाको असर अन्तर्राष्ट्रिय उडानमा भने परेको छैन। विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फका उडानहरू सामान्य र नियमित रूपमा सञ्चालन भइरहेका छन्
प्रतिक्रिया