• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • मनाङको ५२ सय मिटर उचाइमा हिमपहिरो:४ जनाको शव भेटियो, १२ जना अझै बेपत्ता; उद्धार कार्य जटिल

    मनाङको ५२ सय मिटर उचाइमा हिमपहिरो:४ जनाको शव भेटियो, १२ जना अझै बेपत्ता; उद्धार कार्य जटिल

    काठमाडौँ —मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा गएको विनाशकारी हिमपहिरोमा परेर हराइरहेकाहरूको खोजी तथा उद्धार कार्य जटिल बनेको छ। करिब ५ हजार २०० मिटरको उचाइमा आइतबार गएको हिमपहिरोमा परी हालसम्म ४ जनाको शव फेला परेको छ भने अझै १२ जना बेपत्ता छन्।

    नेपाल राष्ट्रिय पर्वतीय गाइड संघका अनुसार खोजीका क्रममा आइतबार र सोमबार दुई-दुई गरी ४ जनाको शव निकालिएको छ। ज्यान गुमाउनेहरूमा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटे रहेका छन्।

    काठमाडौँका दुईवटा ट्रेकिङ कम्पनीमार्फत बेसक्याम्प निर्माणका लागि पुगेका २७ जना नेपाली कामदार हिमपहिरोको चपेटामा परेका थिए। तीमध्ये ११ जना सकुशल फर्कन सफल भए पनि बाँकी १२ जना अझै हिउँमै पुरिएको आशंका गरिएको छ।

    भौगोलिक विकटता, प्रतिकूल मौसम र पुनः हिमपहिरो खस्ने जोखिमका कारण तत्काल खोजी सम्भव नभएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। उद्धारकर्मीहरूले ८ फिटसम्म हिउँ खन्दा पनि थप केही नभेटिएको र अब हिउँ नपग्लिएसम्म खोजी कार्य अघि बढाउन कठिन रहेको बताएका छन्।

    स्थानीय प्रशासनले हाल उद्धार र खोजीको समन्वय मात्र गरिरहेको छ। उच्च हिमाली क्षेत्रमा उद्धार टोलीका अनुभवी तथा तालिमप्राप्त जनशक्तिले मात्र काम गर्न सक्ने भएकाले थप रणनीतिक निर्णय माथिल्लो निकायबाटै हुने अपेक्षा गरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन १३, मंगलवार ०७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP