• २०८३ कार्तिक २४ | Mon, 09 Nov 2026

  • कांग्रेस महाधिवेशन उद्‌घाटन समारोह: एमालेबाट अध्यक्ष ओलीको साटो महासचिव शंकर पोखरेल जाने

    कांग्रेस महाधिवेशन उद्‌घाटन समारोह: एमालेबाट अध्यक्ष ओलीको साटो महासचिव शंकर पोखरेल जाने

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज काठमाडौँस्थित खुलामञ्चमा आयोजना हुने उद्‌घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन्।

    यसअघि उक्त समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ उपस्थित हुने तय भएको भए पनि अन्तिम समयमा आएर निर्णय परिवर्तन गरिएको हो। अध्यक्ष ओलीले आफ्नो स्थानमा पार्टीका महासचिव पोखरेललाई पठाउने निश्चित गरेका हुन्।

    कांग्रेसको महाधिवेशन उद्‌घाटन कार्यक्रममा अध्यक्षको तर्फबाट महासचिव पोखरेल सहभागी हुन लाग्नुभएको जानकारी एमालेका प्रचार प्रमुख निरज आचार्यले दिएका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन १८, आईतवार ०५:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP