• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • झण्डै डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    झण्डै डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    १७ कात्तिक, काठमाडौं । डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    डिभिजन वन कार्यालय इलाममा डिभिजन वन अधिकृतका रूपमा कार्यरत रहँदा श्रेष्ठले पदीय अख्तियारीको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

    अनुसन्धानका क्रममा श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५० पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

    श्रेष्ठविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगो दरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफतको माग राखेर अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १७, सोमबार ०९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP