• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • बालेनलाई सुकुम्बासी बस्तीमा डोजर नचलाउन जेनजी एलाईन्स र दुर्गा प्रसाईको अलग अलग चेतावनी

    बालेनलाई सुकुम्बासी बस्तीमा डोजर नचलाउन जेनजी एलाईन्स र दुर्गा प्रसाईको अलग अलग चेतावनी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्तीमा फेरि डोजर चलाउने तयारी गरेको भन्दै जेनजी मुभमेन्ट एलायन्सले विरोध जनाएको छ ।
    आज एक विज्ञप्ति जारी गर्दै अलायन्सले बसोबास उठाएर द्वन्द्व सिर्जना गर्नुभन्दा समस्या समाधानको बाटो खोज्न महानगरलाई सुझाव दिएको छ।

    अलायन्सले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण जीवनयापन गरिरहेका बेला उनीहरूमाथि निरन्तर प्रहार गरी देशभित्रै आप्रवासीजस्तो व्यवहार गर्नु घोर निन्दनीय भएको बताएको छ।

    लामो समयदेखि सीमित वर्गको अधीनमा भूमि सम्बन्धी व्यवस्था हुँदै आएको र भूमि आयोगहरूमा समेत दलीयकरण तथा माफियाहरूको रजगजले गर्दा समस्या समाधान हुन नसकेको अलायन्सको ठहर छ।
    अलायन्सले भूमि अधिकारलाई नैसर्गिक अधिकारको रूपमा स्थापित गर्दै सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई काठमाडौँ महानगरले उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएको छ। साथै, निहत्था र उत्पीडित जनतामाथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाउन पनि चेतावनी दिएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २३, आईतवार ०८:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP