• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर

    नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर

    नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’काबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।

    बुधबार पेरिसडँडामा आयोजित कार्यक्रममा हस्ताक्षर भएको हो। ७ बुँदे सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र रावलले हस्ताक्षर गरेका छन्।

    सम्झौतामा ६ महिनाभित्र राष्ट्रिय एकताको महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणाली हुने र रावलको जिम्मेवारी चाँडै टुंग्याउने उल्लेख गरिएको छ।

    आजै नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको अभिायनबीच एकताको घोषणा गर्न औपचारिक कार्यक्रम आयोजना गरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २६, बुधबार १०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP