• २०८२ माघ ८ | Thu, 22 Jan 2026

  • सचिव उम्मेदवार महेश बस्नेतलाई ओलीको ‘पुरस्कार’

    सचिव उम्मेदवार महेश बस्नेतलाई ओलीको ‘पुरस्कार’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटव्युरो सदस्य महेश बस्नेतलाई सचिव पदको उम्मेदवार बनाएका छन्।

    एमालेको दसौँ महाधिवेशनमा पोलिटव्युरो जितेका बस्नेतलाई ओलीले ११ औँ महाधिवेशनमा सचिव पदको उम्मेदवार बनाउने भएका हुन्।

    योसँगै एमाले वृत्तले ओलीले सचिवको उम्मेदवार बनाएर बस्नेतलाई गुन तिरेको र पुरस्कार दिएको रुपमा लिएको छ। एमालेको युथ फोर्सको राजनीतिबाट उदाएका बस्नेत विगतमा माओवादीको सामना गर्ने बलिया नेता मानिन्छन्। बस्नेत पहिले पटक एमालेको पदाधिकारी उम्मेदवार भएका हुन्

    जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओलीलाई बस्नेतले भक्तपुरको गुण्डुमा पुनस्र्थापना गरेका थिए। अहिले ओली गुन्डुमै भाडाको घरमा बसिरहेका छन्, जहाँ उनका लागि छुट्टै निवास निर्माणको व्यवस्थापन पनि बस्नेताले गरिरहेका छन्। यस्तै, ओलीको सुरक्षाको सबै जिम्मेवारी हेरेका बस्नेतको पहलमा एमालेको भोलेन्टियर्स फोर्स समेत निर्माण भएको छ।

    ओलीले अहिले आफ्नो सुरक्षा र निर्वाचनका बेला स्वंसेवक दस्ताका रुपमा यो फोर्स परिचालन गर्ने तयारी छ।

    जेनजी आन्दोलन थेग्न नसकि भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएपछि झण्डै एकहप्ता सेनाको सुरक्षा घेरामा बसेका ओलीलाई बस्नेतले नै सुरक्षित रुपमा गुण्डु पुर्‍याएका थिए।

    एमालेका अरु नेताले सुरक्षाको चुनौति देखेका बेला बस्नेतले भने एमालेको पक्षमा देशव्यापी अभियान चलाएका थिए। यस क्रममा उनले सुदन गुरुङ लगायत जेनजी प्रतिनिधिहरूको दबाब र धम्कीको सामना गरेका थिए र आफूले पनि प्रतिधम्की दिएका थिए।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर २९, सोमबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP