• २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026

  • विश्वकप लिग- २ : नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

    विश्वकप लिग- २ : नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको तेस्रो खेलमा नेपाललाई अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ।

    यूूएईमा शनिबार जारी खेलमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको थियो। ४९.५ ओभरको खेलमा अलआउट हुँदै विकेट २७१ रन बनाएको हो।
    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान गरे। त्यस्तै करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए।
    त्यस्तै आसिफ शेख, आरिफ शेख र गुल्सन झाले दोहो अंकमा रन बनाउन सकेनन्।
    नन्दन यादवले १, सन्दीप लामिछानेले ४ र ललित राजवंशीले १ रन बनाए।
    अमेरिकाका हर्मित सिंहले सर्वाधिक ३ विकेट लिँदै बलिङ आक्रमणको नेतृत्व गरे। त्यस्तै नोस्थस केन्जिगे र सौरभ नेत्रभलकरले २–२ विकेट हात पारेका थिए।
    शुभम रन्जने र जस्दिप सिंहले १–१ विकेट प्राप्त गरे।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १५, शनिबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP