• २०८२ फाल्गुन २० | Wed, 04 Mar 2026

  • भारतलाई ९२ रनले पराजित गर्दै नेपाल विजयी

    भारतलाई ९२ रनले पराजित गर्दै नेपाल विजयी

    काठमाडौं : हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा भारतलाई नेपालले ९२ रनले पराजित गरेको हो।

    नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो। भारतका लागि भरत चिपली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

    नेपालका लागि रशिद खानले ३ विकेट, बसिर अहमदले २ विकेट र रुपेश सिंहले १ विकेट लिए।

    त्यस अगाडि नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाएका थिए। यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश बमले ३१ रन बनाएका थिए। नेपालले विना विकेट १३७ रन बनाएको थियो।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २२, शनिबार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP