कैलालीको लम्कीचुहा नगरपालिकाले समुदायमा शान्ति–सुरक्षा सुदृढ गर्नका लागि विभिन्न वडाका बडघर र चौकीदारलाई मोबाइल फोन र साइकल वितरण गरेको छ। शुक्रवार नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा कुल ५० जना बडघर र ४८ जना चौकीदारलाई साइकल र मोबाइल वितरण गरिएको हो।
नगर प्रमुख सुशीला शाहीका अनुसार गाउँघरको हेरचाह गर्ने, सार्वजनिक सूचनालाई घरदैलासम्म पुगाउँदै आएका चौकीदारलाई उनीहरूको काम थप सहज होस् भन्ने उदेश्यले साइकल वितरण गरिएको हो ।
गाउँ–टोलमा सूचनाको आदान–प्रदान सहज बनाउन र आपसी समन्वय बलियो बनाउन यस कार्यक्रमलाई उपयोगी मानिएको छ।
कार्यक्रममार्फत विशेषगरी चौधरी समुदायका बडघर र चौकीदारहरूलाई सशक्त बनाउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ। यसले समुदाय र स्थानीय प्रशासनबीचको सम्बन्ध अझ प्रभावकारी र सहकार्यपूर्ण बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया