• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • नवलपुरमा बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते

    नवलपुरमा बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु– ८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान १० बजेतिर मध्यविन्दु नगरपालिका खजुरी खोलानजिक पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदे गरेको लु.२ख २८४५ नम्बरको यात्रुवाहक बसको चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

    दुर्घटनामा परी बसमा सवार करिब ३५ जना यात्रुहरूमध्ये २० भन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रही कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको छ । बस सडकबाट १५ मिटर तल खाल्डोमा खसेको हो । घाइतेहरू सबै खतरामुक्त रहेको नवलपुर प्रहरीले जनाएको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर ५, शुक्रबार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP