• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन हुने

    राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन हुने

    काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख २८ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेसँगै यो तय भएको हो।

    सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सुमित पोखरेलले दिनुभएको जानकारीअनुसार राष्ट्रपतिको सम्बोधन वैशाख २८ गते अपराह्न ४ बजेका लागि निर्धारित गरिएको छ। मन्त्रिपरिषद्को यो निर्णयसँगै सरकारले सम्पूर्ण सांसदहरूलाई उक्त बैठकमा अनिवार्य उपस्थित हुन आह्वान समेत गरेको छ।

    यसका साथै, राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारले संसद् सचिवालयलाई समेत आग्रह गरिसकेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको यो सम्बोधनलाई विशेष महत्त्वका साथ हेरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख २५, शुक्रबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP