• २०८३ श्रावण २७ | Wed, 12 Aug 2026

  • ब्रड पिकमा निर्मल पुर्जा (निम्स दाइ) मृत फेला, अन्य तीन जनाको शव पनि भेटियो

    ब्रड पिकमा निर्मल पुर्जा (निम्स दाइ) मृत फेला, अन्य तीन जनाको शव पनि भेटियो

    काठमाडौँ — नेपालीमूलका विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव ब्रड पिक हिमालमा फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार उद्धार टोलीले ५ हजार ७ सय मिटरको उचाइमा उहाँको शव मृत अवस्थामा भेट्टाएको हो।

    घटनास्थलमा निम्स दाइसँगै अन्य तीन जनाको शव पनि देखिएको छ। यद्यपि, ती तीन जनाको भने पहिचान खुल्न बाँकी रहेको जनाइएको छ। उद्धार टोलीले भेटिएका सबै शवहरूलाई जापानी क्याम्पतर्फ ल्याउने तयारी गरिरहेको छ।

    उद्धार कार्यबारे जानकारी दिँदै अल्पाइन क्लब अफ पाकिस्तानले भनेको छ, “भौगोलिक जटिलताका कारण उद्धार तथा शव संकलनमा निकै कठिनाइ भइरहेको छ। हामी सबैलाई आधिकारिक सूचनाका लागि धैर्यधारण गर्न अनुरोध गर्दछौँ।”



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १७, आईतवार ०८:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP