• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

  • भारतीय सेनाध्यक्ष धीरज सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता, आजै मानार्थ महारथी प्रदान गरिने

    भारतीय सेनाध्यक्ष धीरज सेठ र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता, आजै मानार्थ महारथी प्रदान गरिने

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ। भेटका क्रममा दुई देशबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध र सैन्य सहकार्यका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

    जङ्गी अड्डामा हुनुअघि सेनाध्यक्ष सेठले सैनिक मञ्च टुँडिखेल पुगेर वीर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका थिए। तत्पश्चात् जङ्गी अड्डा प्राङ्गणमा उनलाई नेपाली सेनाको एक टुकडीले गार्ड अफ अनर (सम्मान गारत) प्रदान गरेको थियो।

    प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा आइतबार काठमाडौँ आइपुगेका सेठलाई सोमबार नै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच एकअर्का देशका सेनापतिलाई मानार्थ महारथीको दर्जा दिने ऐतिहासिक परम्परा रहँदै आएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १, सोमबार ०७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP