• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

  • राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता: सुनसरी घटना र समसामयिक राजनीतिबारे छलफल

    राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता: सुनसरी घटना र समसामयिक राजनीतिबारे छलफल

    काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता भएको छ। बुधबार बिहान भएको उक्त भेटमा सभापति लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा राष्ट्रपतिलाई जानकारी गराएका छन्।

    राष्ट्रपति पौडेलको सचिवालयका अनुसार, भेटका क्रममा सभापति लामिछानेले हालै सुनसरीमा घटेको घटना तथा सो विषयमा आयोजना गरिएको सर्वदलीय बैठकमा भएका छलफल र निष्कर्षबारे राष्ट्रपतिलाई विस्तृत रूपमा अवगत गराएका थिए। सर्वदलीय बैठक सकिएलगत्तै लामिछाने राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १३, बुधबार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP