• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

  • प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा वाग्ले तथा सुब्बाको नाम सर्वसम्मत अनुमोदन

    प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा वाग्ले तथा सुब्बाको नाम सर्वसम्मत अनुमोदन

    काठमाडौँ — संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्त पदमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

    बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भई आएका तीनै जनाको नाम सर्वसम्मतिले स्वीकृत गर्ने निर्णय गरेको हो। समितिका सभापति वोधनारायण श्रेष्ठका अनुसार सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित नामहरू अनुमोदन भएका हुन्।

    सिफारिस गरिएका आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ मङ्गलबार भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ बुधबार सम्पन्न भएको हो।

    सुनुवाइ प्रक्रिया पूरा गर्दै समितिले नाम अनुमोदन गर्नाका साथै प्रस्तावित पदाधिकारीहरूलाई उनीहरूले प्रस्तुत गरेको कार्ययोजना परिमार्जन गरी पुनः पेश गर्न निर्देशनसमेत दिएको छ। सुनुवाइका क्रममा सांसदहरूले उठाएका विषय र दिएका सुझावहरूलाई समेट्दै कार्ययोजनालाई थप नतिजामुखी बनाउन समितिले आग्रह गरेको हो।

    परिमार्जित कार्ययोजनामा स्पष्ट सूचक, समयसीमा, अपेक्षित उपलब्धि र लक्ष्य हासिल गर्ने क्रियाकलापहरू स्पष्ट खुलाएर समितिमा बुझाउनुपर्ने निर्णय भएको सभापति श्रेष्ठले जानकारी दिनुभयो।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १३, बुधबार १०:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP