• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026

  • कप्तानगन्ज घटनालाई लिएर दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    कप्तानगन्ज घटनालाई लिएर दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ — सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा भएको झडप र उत्पन्न तनावका विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज (बुधबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

    सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्ज बजारमा दुई समुदायबीच भएको विवाद उग्र बनेपछि झडप भएको थियो। झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि सो क्षेत्र थप तनावग्रस्त बनेको हो।

    घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कप्तानगन्ज र आसपासका क्षेत्रमा कर्फ्यू जारी गरेको छ। मन्त्रिपरिषद् बैठकमा शान्ति-सुरक्षाको पछिल्लो अवस्था, कर्फ्यू व्यवस्थापन तथा शान्ति बहालीका कदमबारे छलफल हुने बताइएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १३, बुधबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP