• २०८३ बैशाख ८ | Tue, 21 Apr 2026

  • गृहमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ

    गृहमन्त्री गुरुङले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सरकारलाई सुशासनतर्फ केन्द्रित हुन सचेत गराएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै साम्पाङले गृहमन्त्रीका विषयमा लगातार नयाँ-नयाँ विवादहरू आउनु दुःखद भएको टिप्पणी गरे।

    “विवादबाट भाग्नु हुँदैन” सुरुमा यो विषय आफ्नो मुख्य एजेन्डा नभएको बताए पनि साम्पाङले प्रश्नबाट नभाग्ने स्पष्ट पारे। उनले भने, “हर्क साम्पाङ प्रश्नबाट भाग्यो भन्ने नपरोस्, गृहमन्त्रीका बारेमा हप्तामा दुई-तीन पटक नयाँ-नयाँ कुरा सुनिन्छ। यस्तो हुनु राम्रो होइन।” उनले विवादित व्यक्ति पदमा बसिरहनु भन्दा मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुने सुझाव दिए।

    सुशासनमा जोड गृहमन्त्री गुरुङका बारेमा उठिरहेका प्रश्नहरूले सरकारकै छविमा असर गरिरहेको साम्पाङको तर्क छ। “घरि के घरी के, नयाँ-नयाँ विवाद सुनिराखिन्छ। उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो,” उनले थपे।

    अध्यक्ष साम्पाङले सरकारलाई केवल पद जोगाउने खेलमा नलागी मुलुकमा वास्तविक सुशासन कायम गर्न र जनसरोकारका विषयमा गम्भीर हुन समेत आग्रह गरेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख ८, मंगलवार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP