• २०८३ बैशाख ५ | Sat, 18 Apr 2026

  • सर्वोच्चको फैसलापछि गगन थापाको प्रतिक्रिया: ‘यो जित-हार होइन, पार्टीलाई बलियो बनाउने साझा यात्रा हो’

    सर्वोच्चको फैसलापछि गगन थापाको प्रतिक्रिया: ‘यो जित-हार होइन, पार्टीलाई बलियो बनाउने साझा यात्रा हो’

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई एकताबद्ध बनाउँदै सुदृढीकरणको दिशामा अघि बढ्ने मार्गप्रशस्त गरेको बताएका छन्। शुक्रबार राति सर्वोच्च अदालतले थापा नेतृत्वको नेपाली कांग्रेसलाई नै आधिकारिकता दिने फैसला गरेपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन्।

    सभापति थापाले अदालतको निर्णयलाई कुनै पक्षको ‘जित’ वा ‘हार’ को रूपमा नभई लोकतान्त्रिक विधि र प्रक्रियाको सम्मानका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। “सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,” थापाले भनेका छन्, “यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।”

    पार्टीभित्रको लामो विवादपछि आएको यस फैसलाले १५औँ महाधिवेशनको सुनिश्चितता गरेको उल्लेख गर्दै उनले अब सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो ठाउँबाट जिम्मेवार भएर लाग्न अपिल गरेका छन्। थापाका अनुसार अबको मुख्य लक्ष्य भनेको पार्टीको पुनर्जागरण र रूपान्तरण नै हो।

    उनले थप भनेका छन्, “पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु। १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ, यसलाई पार्टी सुदृढीकरणको अवसरका रूपमा उपयोग गरौँ।”

    अग्रजहरूको योगदानको कदर गर्दै नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्न सक्ने र ‘समुन्नत नेपाल’ निर्माणमा योगदान दिने सक्षम पार्टी बनाउन अब सबै एक ढिक्का भएर अघि बढ्नुपर्नेमा थापाले दृढता व्यक्त गरेका छन्। सर्वोच्चको यो फैसलासँगै नेपाली कांग्रेसमा लामो समयदेखि जारी नेतृत्व र आधिकारिकताको कानुनी विवाद समेत औपचारिक रूपमा टुङ्गिएको छ।

    radiomirmire radiomirmire    
  • २०८३ बैशाख ५, शनिबार ०८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP