• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • सभामुख अर्यालद्वारा पूर्वसभामुखहरूसँग परामर्श

    सभामुख अर्यालद्वारा पूर्वसभामुखहरूसँग परामर्श

    काठमाडौँ: सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदीय अभ्यासलाई थप प्रभावकारी र सुदृढ बनाउन पूर्वसभामुखहरूसँग छलफल सुरु गरेका छन्। सोमबार बिहान भएको भेटघाटमा पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटाको सहभागिता थियो।

    भेटका क्रममा संसद् सञ्चालन, विधायन प्रक्रियामा सुधार र संसदीय अनुभवहरूको आदानप्रदानका विषयमा गहन छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। विशेषगरी कानुन निर्माणका क्रममा देखिने प्रक्रियागत जटिलतालाई पूर्वसभामुखहरूको अनुभवका आधारमा समाधान गर्न यो भेटघाट केन्द्रित रहेको थियो। लोकतान्त्रिक मूल्य-मान्यता र संसदीय मर्यादालाई संस्थागत गर्न ‘अनुभव हस्तान्तरण’को अभियानस्वरूप सभामुख अर्यालले आफ्नो सक्रियता बढाएका हुन्।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र ३०, सोमबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP