• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • पोखरामा कालिका बोर्डिङको बस दुर्घटना: मृत्यु हुने ५ मध्ये ४ जनाको पहिचान खुल्यो, १२ घाइतेको उपचार हुँदै

    पोखरामा कालिका बोर्डिङको बस दुर्घटना: मृत्यु हुने ५ मध्ये ४ जनाको पहिचान खुल्यो, १२ घाइतेको उपचार हुँदै

    असोज २३ गते पोखरा महानगरपालिका-२८ स्थित शान्ति मैदानमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुर्घटनामा परी १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया शुभेच्छा तिवारीको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये १५ वर्षीया एक किशोरीको भने अझै नाम र थर खुल्न सकेको छैन।

    दुर्घटनामा घाइते भएका अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

    घाइतेहरूको नामावली:

    • अस्मी कँडेल (१६ वर्ष) – आईसीयूमा उपचाररत

    • सोनिया तिवारी (१३ वर्ष)

    • स्नेहा खत्री (१४ वर्ष)

    • अंकित पराजुली (१३ वर्ष)

    • स्नेहा तिवारी (१५ वर्ष)

    • स्मृति खत्री (१५ वर्ष)

    • सुप्रिया आचार्य (१४ वर्ष)

    • मेरिना तिवारी (१५ वर्ष)

    • आकृति बुढाथोकी (१४ वर्ष)

    • अर्जुन शाही (३१ वर्ष)

    • यमन मगर (१६ वर्ष)

    • तुलबहादुर गुरुङ (५७ वर्ष)



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २३, शुक्रबार ०६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP