• २०८३ कार्तिक ७ | Fri, 23 Oct 2026

  • शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशत ब्याज सहुलियत दिने तयारी

    शिक्षकलाई सवारीसाधन खरिदमा ८० प्रतिशत ब्याज सहुलियत दिने तयारी

    शिक्षा मन्त्रालयले शिक्षकहरूका लागि सवारीसाधन खरिद गर्दा ब्याज सहुलियत उपलब्ध गराउने नयाँ व्यवस्थासहित ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३’ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित नियमावली स्वीकृत भएमा शिक्षकहरूले आफ्नो तह र श्रेणी अनुसार चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधन खरिदका लागि विशेष सुविधा पाउनेछन्।

    नयाँ व्यवस्था अनुसार माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले अधिकतम ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन्। त्यसैगरी, माध्यमिक तहका तृतीय श्रेणीका साथै निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकहरूका लागि भने अधिकतम ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न पाउने सीमा तोकिएको छ।

    सवारीसाधन खरिदका लागि बैंकमार्फत वित्तीय व्यवस्थापन गर्दा लाग्ने कुल लागतको ८० प्रतिशत रकमको किस्तागत ब्याज नेपाल सरकारले नै सहुलियतका रूपमा बेहोर्नेछ। बाँकी २० प्रतिशत रकम भने शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। शिक्षक सेवामा बहाल रहिसकेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्ताको ब्याज सरकारले उपलब्ध गराउने नियमावलीमा उल्लेख छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन २३, शुक्रबार ०६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP