• २०८३ भाद्र ११ | Thu, 27 Aug 2026

  • भोटेकोसी बाढी त्रासदी: ज्यान गुमाउनेको संख्या २०७ पुग्यो, उद्धार र उपचार जारी

    भोटेकोसी बाढी त्रासदी: ज्यान गुमाउनेको संख्या २०७ पुग्यो, उद्धार र उपचार जारी

    रसुवास्थित भोटेकोसीमा आएको भीषण बाढीका कारण हालसम्म २०७ जनाले ज्यान गुमाएका छन्। बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला पर्ने क्रम जारी छ, जसअन्तर्गत पूर्वी नवलपरासीमा मात्रै ६२ जनाको शव भेटिएको छ। तीमध्ये २६ वटा शवलाई स्थानीय ७ वटा अस्पतालमा राखिएको छ भने ३६ जनाको शव अझै घटनास्थलमै रहेको नवलपरासी पूर्व प्रहरीले जनाएको छ।

    यसअघि चितवनमा ६९, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ६ र रसुवामा २ जनाको शव फेला परेको थियो।

    बाढीमा परी घाइते भएका ३३ जनाको हाल काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार त्रिवि शिक्षण अस्पतालमा १९, ट्रमा सेन्टरमा ८, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १ र मनमोहन अस्पतालमा १ जनाको उपचार भइरहेको छ।

    उपचारका लागि काठमाडौँ ल्याइएका अन्य घाइतेहरू भने निको भएर घर फर्किसकेका छन्। बाढीका कारण बेपत्ता भएकाहरूको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्य निरन्तर जारी छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ११, बिहीबार ०७:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP